साप्ताहिक संवाददाता
यो तस्बिरले धेरै नै अर्थ राख्छ । अर्थ के कुरामा भने एक समलिंगी दम्पतीले कृत्रिम पद्धतिबाट गर्भधारण गर्नुपर्दा कति धेरै औषधी सिरिन्जवाट आफ्नो शरीरमा छिराउनु पर्छ भन्ने कुरा यो तस्बिरले झल्काएको छ ।
प्याट्रिसिया र किम्बर्ली ओ निलले सन् २०१३ देखि गर्भधारणको प्रयास गरिरहेका थिए । ४ वर्षको अवधिमा ३ पटक गर्भ तुहिएपछि उनीहरूले कृत्रिम गर्भधारण (आईभिएफ) को प्रयास गरे । त्यस क्रममा चिकित्सकहरूले प्याट्रिसियालाई गर्भवती बनाउन प्रयोग गरेका सिरिन्ज उनीहरू दुवैले जम्मा गरेर राखे ।
४ वर्षको अवधिमा उनीमाथि चिकित्सकहरूले विभिन्न पटक गरेर १ हजार ६ सय १६ वटा सिरिन्ज प्रयोग गरेका थिए । उक्त औषधिहरू प्रयोग गरेर प्याट्रिसिया र किम्बर्लीले जन्माएकी छोरी लण्डनको कलात्मक तस्बिर फोटोग्राफर सामन्था प्याकरले खिचेकी छिन् ।
कृत्रिम गर्भधानमार्फत सन्तान जन्माउन दम्पतीलाई कत्तिको गाह्रो हुन्छ भन्ने कुरा झल्काउन खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा राखेको केही बेरमै ६० हजार पटकभन्दा बढी सेयर भएको थियो ।