साप्ताहिक संवाददाता
भाद्र १८, २०७५
ब्लेन्डिङ जारमा दुई चम्चा कोका पाउडर, उमालेर चिसो बनाइएको दूध एक गिलास, साढे दुई चम्चा चिनी, स्वाद बढाउन दुई टुक्रा चकलेट, ४–५ टुक्रा आइसक्युबका साथै भेनिला वा चकलेट आइसक्रिमलाई एक ठाउँमा ब्लेन्ड गर्ने । सर्भ गर्ने ग्लासमा चकलेट सिरप हालेर ब्लेन्ड गरिएको सेक खन्याउने । त्यसको माथि भेनिला वा चकलेट आइसक्रिम दुई चम्चा हालेर सर्भ गर्ने ।
तरबुजाको जुस
एक कचौरा तरबुजाको टुक्रा, कागतीको रस, पुदिना वा तुलसीको पात, चिनी तथा नुनलाई ग्राइन्डरमा हालेर ब्लेन्ड गर्ने । ब्लेन्ड गरिएको जुसलाई छानेर त्यसमा भएको बीउ निकाल्ने । उक्त जुसलाई गिलासमा हाल्ने । यदि जुस बाक्लो छ भने हल्का पानी हालेर चलाउने अनि त्यसलाई आइसक्युबका साथ सर्भ गर्ने ।