विमान परिचारिकाका रूपमा कार्यरत एक ३६ वर्षीया महिलाले आफ्नो कुमारित्व लिलाम गरेकी छिन् । जर्मनीकी म्यान्डीले सिन्ड्रेला एस्कोर्टमार्फत् आफ्नो कुमारित्व ३ करोड २० लाख रुपैयाँमा बिक्री गर्न सफलता पाएकी हुन् । म्युनिखका एक व्यापारीले खरिद गरेको जनाएपनि ति ब्यापारीको नाम भने सार्वजनिक गरिएको छैन ।
गायनमा पनि रुचि भएकी म्याण्डीले उचित पुरुष पाए आफ्नो कुमारित्व बिक्री गर्ने सोच रहेको बताएकी थिइन् । महिलाले आफ्नो कुमारित्व एक पटक मात्र भंग गर्न पाउने हुनाले आफूले केही रकमका लागि त्यसको सदुपयोग गरेको उनले बताइन् ।
कुमारित्व लिलामीबाट आएको रकम आफ्नो करिअर, परिवार तथा सामाजिक संस्था आदिमा खर्च गर्ने म्यान्डीको योजना छ । म्यान्डीको कुमारित्व लिलाममा स्वीकार गर्न एक वकिलले ३ करोड ७ लाख रुपैयाँ तथा म्युनिखका एक फुटबलरले २ करोड ५६ लाख रुपैयाँ दिने प्रस्ताव पनि राखेका थिए ।