साप्ताहिक संवाददाता
भाद्र २०, २०७५
संसारमा अहिलेसम्म निर्माण गरिएको सबैभन्दा लामो चलचित्र सन् २०१२ मा सार्वजनिक भएको लजिस्टिक्स आर्ट प्रोजेक्ट हो । एउटा व्यक्तिको अनुभवमा आधारित उक्त चलचित्र ५१ हजार ४ सय २० मिनेट अर्थात् ८ सय ५७ घन्टा लामो थियो ।
यो चलचित्रको १ सो एउटा चलचित्र हलमा लगातार ३५ दिनसम्म चलेको थियो । यो चलचित्रलाई एरिका म्याग्लुसन तथा डेनियल एन्ड्रियुसनले निर्देशन गरेका थिए । उता सिनेम्याटिक क्याटोगोरीमा बनेको सबैभन्दा लामो चलचित्र रेसन : द जर्नी हो ।
सन् १९८७ मा निर्मित उक्त चलचित्र १४ घण्टा ३३ मिनेट लामो थियो । वृत्तचित्र शैलीको चलचित्र रेसन : द जर्नीलाई पिटर वाट्किन्सले निर्देशन गरेका थिए ।