साप्ताहिक संवाददाता
भारतको नयाँ दिल्लीमा यही सेप्टेम्बर ७ देखि १७ सम्म संचालन हुने ‘फेश अफ ब्युटी इन्टरनेसनल २०१८’ मा फेस अफ ब्युटी नेपाल २०१८ की प्रिया रानी लामाले सहभागिता जनाउँदै छिन् । प्रतियोगिताका लागि प्रिया शुक्रबार दिल्ली प्रस्थान गर्दैछिन् । मिस पूर्वाञ्चल २०१० को फस्ट रनर अप उपाधि विजेता लामा हाल मोडल तथा कोरियोग्राफरका रुपमा सक्रिय रहेकी छिन् ।
उनी नेपाल वन् टेलिभिजनमा कार्यक्रम प्रस्तोता पनि हुन् । विरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक गरेकी छिन् । प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएकी थिइन् भने उनी मिस नेपाल २०१५ मा पून: सहभागी भएकी थिइन् । पाँच फिट पाँच इन्च उचाईकी २८ वर्षिया प्रिया सक्षम फाउन्डेशनका सद्भावना दूत पनि हुन् ।
फेश अफ ब्युटी इन्टरनेसनल २०१८ का लागि प्रियाको सहभागिताको व्यवस्थापन र संयोजना प्रतियोगिताको नेपालमा आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इले गरेको हो ।