साप्ताहिक संवाददाता
कान्तिपुर टेलिभिजन एचडी तथा डिस्क होमको रमाइलो टिभीबाट प्रसारण प्रारम्भ भएको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ ले दर्शकको मन जितेको छ । प्रत्येक शनिबार तथा आइतबार राति ९ बजे प्रसारण हुने द भ्याइस अफ नेपालको युट्युब च्यानलमा समेत उत्तिकै लोकप्रिय भएको छ । कार्यक्रमका अघिल्ला श्रृंखलाहरु यूट्युब ट्ेरन्डिङको पहिलो नम्बरमा समेत रहन सफल भए ।
नेदरल्यान्डबाट प्रारम्भ भएको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण भ्वाइस अफ नेपाल तयार पारिएको हो । लक्ष्मण पौडेलद्वारा निर्देशित तथा सुशील नेपालद्वारा सञ्चालित ‘द भ्वाइस अफ नेपाल’ मा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल तथा गायिका अभाया सुब्बा निर्णायक छन् ।
भ्वाइस अफ नेपालका विजेताले नगद २५ लाख रुपैयाँ, कार, २० लाख रुपैयाँ बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व सांगीतिक भ्रमणको अवसर प्राप्त गर्ने बताइएको छ । द भ्वाइस कार्यक्रम नेदरल्यान्डसहित विश्वका विभिन्न १ सय २९ देशमा निर्माण भएर प्रसारण भैसकेको छ ।