साप्ताहिक संवाददाता
भाद्र २२, २०७५
मोबाइलमा वेब ब्राउजिङका लागि धेरैले गुगल क्रोम प्रयोग गर्छन् । यद्यपि टुजी इन्टरनेट प्रयोग गर्नेहरूले भने वेब पेज खोल्न केही ढिलाइ भएको अनुभव गर्दै आएका छन् । गुगलले अब क्रोमको एन्ड्रोइड ब्राउजरमा जाभा स्क्रिप्टलाई डिजेबल गरेको छ । यसका कारण टुजी मोबाइल कनेक्सनमा पनि वेब पेज तिव्र गतिमा लोड हुन्छ र यसबाट डाटासमेत बचत हुन्छ ।
जाभा स्क्रिप्टका कारण वेब पेज ओपन गर्दा एडभरटाइजमेन्ट पप अप्स यसमा लोड हुन्छ । त्यसैगरी धेरै प्लग इन पनि लोड हुन्छ र वेब पेज खुल्न ढिलो हुनुका साथै बढी डाटासमेत खपत हुन्छ, तर अब टुजी नेटवर्कको अवस्थामा भने जाभा स्क्रिप्ट अटोमेटिक रूपमा डिजेबल हुनेछ । यसका कारण युजरले क्रोम चलाउँदा अब पहिलेभन्दा राम्रोसँग वेबपेज खुलेको अनुभव गर्ने छन् ।