साप्ताहिक संवाददाता
तीजमा ट्रेन्डी मेकअपभन्दा हल्का मेकअपमै आकर्षक देखिन सकिन्छ । यति बेला वाटरप्रुफ मेकअप नै प्रयोग गर्नुपर्छ । क्लिन्जिङ क्रिमले अनुहार सफा गर्ने । ओयली स्किन छ भने टिसुले फेस सफा गर्ने । त्यसपछि मोइस्चराइजर लगाएर स्किन टोन अनुसार फाउन्डेसन लगाउने । त्यसपछि कम्प्याक्ट पाउडरले मेकअपलाई सेट गर्ने । फाउन्डेसन तथा कम्प्याक्ट पाउडर लिपमा लगाएर लिपिस्टिक लगाउने र टिस्यूले ड्याप गर्ने ।
यो मौसममा भाइब्रेट कलर जस्तै अरेन्ज, पिंक तथा रेड लिपिस्टिक उपयुक्त हुन्छ । यदि आई मेकअप डार्क छ भने गोल्ड, पिंक वा ब्राउन लिपिस्टिक राम्रो देखिन्छ । रातो पहिरनसँग आँखालाई स्मोकी बनाउनु उपयुक्त हुन्छ, जसमा गोल्डेन स्याडो बेसमा कालो रंग मिसाउँदा अझ आकर्षक देखिन सकिन्छ । आई लिडमा हल्का फाउन्डेसन लगाएर आई बोनमा हाई लाइटर आइस्याडो लगाउने । त्यसपछि गाजल लगाएर मस्कारा प्रयोग गर्नुपर्छ । अन्त्यमा हल्का पिच कलरले ब्रसमार्फत टच गरेर मेकअप पूरा गर्ने ।