साप्ताहिक संवाददाता
भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई तीज भनिन्छ ।
पार्वतीले श्रीमहादेव स्वामी पाउँm भन्ने उद्देश्यले पार्वतीका साथीहरूले हरण गरी वनमा लगेर पूजाआजा गरेकाले तीजलाई हरितालिका पनि भनिएको हो ।
महिलाहरूले यो व्रत सौभाग्य प्राप्तिका लागि लिन्छन् ।
पूजा गर्न आफ्नो गोत्रसित नमिल्ने गोत्रका पुरोहित चाहिन्छ । आफैंले पूजा गर्ने भए कुशको ब्राह्मण स्थापना गर्नुपर्छ ।
पूजा गर्ने स्थानमा पवित्र भएर शुद्ध वस्त्र धारण गरी पञ्चगव्यले (गहुँत, गोबर, दूध, दही तथा घिउको मिश्रण) आचमन (शरीरमा छर्कने) गर्नुपर्छ ।
संभव भए बालुवाको नभए आफूसित भएको गौरीसहित शिवलिङ्गको प्रतिमा, दीप, कलश, गणेश आसन, पाद्य (जौ, तिल, कुशसहितको जल) अघ्र्य, पञ्चामृत (दूध, दही, घिउ, मह र चिनी) को आवश्यकता पर्छ ।
यसका साथै शुद्ध जल, चन्दन, अक्षता, जनै, मौसम अनुसारका फूल, बेलपत्र, धूप, बत्ती, नैवेद्य, फलफूल, पानको पात, गहना (सौभाग्य सामग्री, वस्त्र), भेटी, दक्षिणा, नीराजन (आरती) तथा पूर्णपात्रको व्यवस्था गर्नुपर्छ ।