साप्ताहिक संवाददाता
भाद्र २३, २०७५
तीजका दिन ट्ेरन्डी तथा फेसनेबल पहिरन लगाइने भएकाले त्यही अनुसारको मेकअप गर्नुपर्छ ।
तीजमा ब्राइट देखिन हल्का मेकअप गर्नुपर्छ ।
यो दिन व्रत बस्ने, मन्दिर जाने, नाचगान गरिने भएकाले प्रसस्ता पसिना आउन सक्छ, त्यसैले वाटरप्रुफ मेकअप उपयुक्त हुन्छ ।
विवाहिताले सेमी ब्राइडल लुक्स दिने मेकअप तथा अविवाहिताले हल्का मेकअप गर्नु राम्रो हुन्छ ।
आँखाको सेप गोलो छ भने राउन्ड सेप दिने मेकअप गर्नुपर्छ । ब्ल्याक स्मोकी आइमेकअपले सानो आँखालाई ठूलो देखाउँछ ।
यो दिन म्याटको रातो तथा मरुन कलरको लिपस्टिक लगाउनु उपयुक्त हुन्छ ।
हातमा मेहन्दी लगाउनुका साथै तथा नेल आर्ट समेत गराउन सकिन्छ ।
केश लामो भए कर्ल तथा छोटो भए स्ट्रेट गर्नु प्रभावकारी हुन्छ । त्यसो त यो दिन धेरैले केशमा विभिन्न डिजाइनका डोरी (धागो) प्रयोग गर्छन् ।