साप्ताहिक संवाददाता
तीज गीतमा अभिनय गर्न थाल्नुभएको कति भयो ?
तीन वर्ष ।
अहिलेसम्म कतिवटा तीज गीतमा अभिनय गर्नुभयो ?
मैले यो तीन वर्षको अवधिमा करिव २ सयभन्दा बढी तीज गीतमा अभिनय गरिसकेकी छु ।
एउटा भिडियोमा अभिनय गरेबापत कति पारिश्रमिक लिनुहुन्छ ?
१५ हजार ।
तपाईंले पहिलो पटक अभिनय गरेको तीज गीत कुन हो ?
वसन्त थापा र लक्ष्मी मल्लको सेल्फी सेल्फी गीत ।
यसपालिका तीज गीत कस्ता लागिरहेका छन् ?
विगतका वर्षहरूमा जस्तो खासै उत्कृष्ट त छैनन् । यद्यपि विगतका वर्षहरूका जस्तो भड्किला गीत पनि आएका छैनन् । गीतहरू मौलिक नै छन् ।
अरूले अभिनय गरेका भिडियो कत्तिको हेर्नुहुन्छ ?
जसले अरूको कामलाई सम्मान गर्छ उसैले प्रगति गर्छ । त्यसैले म अरूको सिर्जना राम्रोसँग हेर्छु अनि सम्मान पनि गर्छु । तीनले मलाई धेरै कुरा सिकाएका छन् ।
तपाईंलाई यो वर्षको मन परेको तीज गीतको भिडियो कुन हो ?
खिस्स हाँस्ने छोरो । जुन गीतले युट्युबमा पनि उत्कृष्ट भ्युज पाएको छ अनि त्यसमा मैले नै अभिनय गरेकी छु । असाध्यै मन परेको छ ।
तीजको व्रत बस्नुहुन्छ ?
बस्दिनँ, म आजसम्म तीजको व्रत बसेकी छैन ।
किन ?
तीजका बेलामा कार्यक्रमतिर हिँड्नुपर्ने भएकाले व्रत बस्दा गाह्रो हुन्छ, त्यसैले म कहिल्यै तीजको व्रत बस्दिनँ ।