साप्ताहिक संवाददाता
भाद्र २४, २०७५
चोखो, सफा तथा सहज हुने किसिमका पहिरन लगाउनुपर्छ । यति गरे पूजा वा नाचगानका क्रममा पहिरनमै ध्यान दिइ रहनुपर्दैन ।
फेस्टिभ लुक्स दिन रातो, गुलाबी, सुन्तला तथा कलेजी रंगका पहिरन लगाउन सकिन्छ ।
धेरै लामा तथा छोटा पहिरन लगाउनुहुँदैन ।
झकिझकाउ भन्दा हल्का तथा सेमी प्रिसियस गहना लगाउनुपर्छ ।
भीडभाडमा चोरी हुने संभावना भएकाले बहुमूल्य भन्दा नक्कली गहना नै प्रयोग गर्नुपर्छ ।
भीडमा चोरी हुन सक्ने भएकाले आफूलाई आवश्यक पर्ने रकम मात्र बोक्नुपर्छ ।
धेरै हिलभन्दा पनि हिँड्न सजिला जुत्ता–चप्पल लगाउनुपर्छ ।
मन्दिरमा चढाउने सामान पहिले नै जोरजाम गर्नुपर्छ ।