साप्ताहिक संवाददाता
भाद्र २५, २०७५
तीजमा रातो पहिरन लगाउनुभन्दा पनि युवाहरूले हल्का गुलाबी, सुन्तला, पहेंलो, कलेजी वा गोल्डेन रंगका पहिरन लगाउन रुचाउँछन् ।
यो दिन किशोरीहरूले वान पिस लगाउन सक्छन् । यसलाई क्यारी गर्न पनि सजिलो हुन्छ ।
लेहेंगा लगाउने भए सर्ट डिजाइन गराई न्यू लुक्सका पहिरन पनि लगाउन मिल्छ ।
धोती सुरुवालमा क्याजुअल टप्स तथा जिन्समा एंकल लेन्थ कुर्ती लगाउन सकिन्छ ।
अहिले आउटरमा अनारकल्ली वा चोलो भएको अनारकल्ली पनि चलनचल्तीमा छ ।
पटियाला तथा प्लाजोसँग कुर्ता पनि उपयुक्त तीज पहिरन हुनसक्छ ।