साप्ताहिक संवाददाता
इंग्ल्यान्डका पूर्व फुटबलर डेभिड बेकह्यामकी ४४ वर्षीया पत्नी भिक्टोरिया बेकह्याम फेसन डिजाइनर, मोडल, गायिका तथा सफल व्यवसायी हुन् । डेभिड र भिक्टोरियाको विवाह भएको १९ वर्ष पूरा भैसकेको छ र उनीहरूका चार सन्तान छन् । यद्यपि पछिल्ला तीन महिना बेकह्याम परिवारका लागि निकै तनावपूर्ण रहे । डेभिडको नाम कुनै अन्य महिलासँग जोडिनु नै त्यसको कारण थियो ।
सोसल मिडियामा त डेभिड र भिक्टोरियाको सम्बन्ध–विच्छेद हुने खबरसमेत आउन थालेका थिए । यद्यपि दुवैले त्यसमा कुनै प्रतिक्रिया दिएनन्, तर अहिले आएर उनीहरू बीचको सम्बन्ध राम्रो भएको सन्देश दिन केही तस्बिर सोसल मिडियामा उनीहरू आफैंले पोष्ट गरेका छन् । त्यस क्रममा उनीहरूले हालसम्मकै सर्वाधिक रोमान्टिक तस्बिर सेयर गरेका छन् ।
जसमा भिक्टोरियाले डेभिडका साथ फ्रान्समा बिदा मनाइरहेको कुरा बताएकी छिन् । तस्बिरमा उनीहरूलाई एक आलिसान याचमा खुलेआम रोमान्स गरिरहेको देख्न सकिन्छ, जसले उनीहरूबीचको सम्बन्ध राम्रो भएको सन्देश समेत दिन्छ ।