साप्ताहिक संवाददाता
भाद्र २६, २०७५
नेपाली कलाकारितामा लामो समय काम गरेका अधिकांश कलाकार अमेरिका, अस्ट्रेलिया, बेलायत आदि देशको नागरिक भैसकेका छन् । यतिबेला मोडलिङ तथा नृत्य निर्देशनमा चर्चा कमाएका शंकर बीसी पनि अमेरिकामा छन् ।
उनी करिब दुई महिनादेखि अमेरिकामा भएको बताइन्छ । विगतका तीज गीतका भिडियोमा एकछत्र राज गर्ने शंकरलाई यसपालिका भिडियोमा कसैले देख्न पाएनन् । हुन त उनी यो वर्षको तीज गीत बजारमा आउनुभन्दा पहिले नै अमेरिका हान्निइसकेका थिए ।
शंकर लामो समय अमेरिकामा रहनुको कारण ग्रिनकार्डको चक्कर हो भन्ने धारणा कतिपयको छ भने कतिपयले शंकरकी श्रीमती निशा सुनार अमेरिकामै भएकाले उनी परिवारसँग रमाइलो गरिरहेका होलान् भन्ने अनुमान गरेका छन् । के साँच्चै उनका साथीभाइले भनेजस्तै शंकर ग्रिनकार्डकै दौडधूपमा होलान् त ?