साप्ताहिक संवाददाता
भाद्र २६, २०७५
लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ तथा गीतकार डा.डिआर उपाध्यायको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो जोवन साह्रै रसिलो’बोलको सार्वजनिक गीतमा गायक विश्व नेपाली र टीका प्रसाईंले आवाज दिएका छन् ।
देवेन्द्र नेवाको संगीत संयोजन रहेको गीत चन्द्र चौधरीले सम्पादन गरेका हुन् । गीत भोला पौडेलले रेकर्डिङ गरेका हुन् ।
लोक आधुनिक शैलीमा बनेको ‘तिम्रो जोवन साह्रै रमाइलो’को म्युजिक भिडियो शिव पौडेलले निर्देशन गरेका छन् । युमी बलामी र सुनिल क्षेत्रीले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
रसिलो जोवनको म्यूजिक भिडियो :
संगीतकार सन्तोषकै संगीतमा उपाध्यायको पिता सम्बन्धि गीत पनि केहि दिन अधि मात्रै सार्वजनिक भएको छ । सन्तानको शिर उठाउन बोलको गीतमा गायक मनोजराजले आवाज दिएका छन् ।
म्यूजिक भिडियो :