साप्ताहिक संवाददाता
नेपालबाट संघीयता नामको चरो ।
डम्बर अवस्थी
म आफ्नो जीवनबाट केही हटाउन चाहन्नँ । बरु समाजबाट त्यस्तो मानसिकता हटाउन चाहन्छु जसले गर्दा मानिस दिन प्रतिदिन नर पिसाच बन्दै गएका छन् । म अपराधीलाई होइन, अपराधलाई नै यो दुनियाबाट हटाउन चाहन्छु ।
विङ सुरेश
रिस उठ्ने बानी ।
राजेश गुरुङ
नेपालको राजनीतिक खिचातानी ।
दौलत ढकाल
तनाव ।
मिलन गिरी
भैगो, केही नहटाऊँ । हट्ने चिजले मुद्दा हाल्देला अनि तारेख धाउँदैमा सास्ती ।
किरण बराल
छिट्टै अरूलाई विश्वास गर्ने स्वभाव ।
सोमनाथ घिमिरे
विचारको लडाइँमा जन्मने कुतर्क, जसले समाजमा अस्थिरता जन्माउँछ ।
लाटो बाबा
धूम्रपान ।
गोरखराज ओझा
पाएदेखि आफ्नो जीवनबाट दु:ख हटाउन चाहन्थें ।
मदन हमाल
छिट्टै अरूलाई भरोसा गर्ने बानी छ । म त्यही बानी हटाउन चाहन्छु ।
सुमी
कुविचार, किनभने यसले नै समाजमा नकारात्मक घटना घटाउन सहयोग पुर्याउँछ र समाजलाई दूषित तुल्याउँछ ।
विवेक
यो एक्जामको छेक परेका बेला हटाउने नै यही हो । खासमा सबै विद्यार्थीको चाहना ।
सुनिल निरौला
साप्ताहिक पाएपछि सीधै ब्लोअप र यौन जिज्ञासा हेर्ने बानी ।
एलएम १०६९१
खराब सोच, खराब विचार, खराब कार्य र खराब आचरण ।
सन्तोष न्यौपाने
गर्लफ्रेन्ड ।
मोहन पल
म आफूलाई कमजोर, नराम्रो अनि अरूसित तुलना गरी आफूमा कुनै पनि राम्रो गुण नदेख्ने बानी ।
गगन बोहरा
आज हुने काम पनि भोलि भन्दै भोलिवादको पछि लाग्ने बानी हटाउन चाहन्छु ।
अखण्ड डोल्पाली
आफूलाई अरूसँग तुलना गर्ने र आफू कमजोर छु कि भन्ने सोच हटाउन चाहन्छु ।
संगीता रेग्मी
पुरुषत्व । किनभने आजको संसार महिला अधिकारको छायाँमा रुमल्लिएको छ ।
लुमिनस ठकुरी तेज
निद्रा र अल्छीपन ।
नवराज बस्नेत
माया भन्ने चिज हटाउने थिएँ ।
गौतम भाई
कुनै पनि कुरामा जिद्दी गर्ने स्वभाव ।
प्रनीति साउद
साउने झरीसरि आइरहने निष्ठुरीको याद हटाउन पाए यो जिन्दगी, जिन्दगीजस्तो हुन्थ्यो कि ? उनको यादले त यो ज्यानै आधी भैसक्यो । विद्यानष्ट, यसरी आफ्नो केही कुरा हटाउन पाइने भए त मैले आफ्नो ४६ कट्न लागेको उमेर हटाएर फेरि १६ कै बन्थें ।
महेश भट्ट
मेरो दिमागमा भरिएको चेतना हटाउन पाए तनाव हट्थ्यो कि ?
यादवप्रसाद शर्मा
हटाउन पाए त धेरै कुरा हटाउन मन छ । हाम्रा सन्ततिलाई जबरजस्ती विदेश पठाउन बाध्य पार्ने नेता भनाउँदाहरूलाई यो पृथ्वीबाटै हटाउन मन छ ।
नगेन्द्र
इगो वा अहंकार, किनभने सबै समस्याको जड यही हो ।
दीपक दर्शन
विदेशमा वर्क परमिट थपिरहनुपर्ने पासपोर्ट ।
यामो