साप्ताहिक संवाददाता
भाद्र २८, २०७५
सामसुङले जर्मनीको बर्लिनमा सम्पन्न आईएफए–२०१८ कन्जुमर इलेक्ट्रोनिक शोमा संसारकै पहिलो एटके क्यूएलईडी टिभी प्रस्तुत गरेको छ । उक्त टिभी ६५, ७५, ८२ तथा ८५ इन्च स्क्रिनमा उपलब्ध हुनेछ जसको रिजोलुसन ७६८० तथा पिक्सेल ४३२० हुनेछ ।
यस प्रकारको टिभीमा कुनै पनि तस्बिर वा भिडियो हेर्दा वास्तविकजस्तै लाग्नेछ । कुनै पनि एचडी टिभीको तुलनामा यस प्रकारको टिभीको रिजोलुसन १६ गुणा बढी तथा फोरके रिजोलुसनभन्दा ४ गुणा बढी हुनेछ । उक्त टिभीले गुणस्तरीय तस्बिर प्रस्तुत गर्नुका साथै टिभी हेर्दा हुने अनुभवलाई समेत परिवर्तन गर्ने दाबी गरिएको छ ।