साप्ताहिक संवाददाता
भाद्र २८, २०७५
दश जोड दुई अध्ययनरत छात्र छात्राहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिताका रुपमा संचालित ‘मिष्टर एण्ड मिस प्लस टू स्टार २०१८’मा श्याम प्रधान र कोपिला अधिकारी शीर्ष उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा अंकित मानन्धर र आश्मा दुलाल फस्ट रनर अप तथा संगीत लामा र पूजा लिम्बु सेकेन्ड रनर अपका रुपमा चयन भएका छन् । परिवर्तन इभेन्ट हाउसको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेका थिए ।
प्रतियोगिता सम्पन्न भएलगत्तै गायक आनन्द कार्कीको एकल सांगीतिक प्रस्तुति प्रारम्भ भएको थियो । राति करिब ११ बजेसम्मको सांगीतिक प्रस्तुतिमा गायक कार्कीले लाईभ ब्याण्ड सहितको कार्यक्रममा आफ्ना चर्चित गीतहरु दर्शक माझ प्रस्तुत गरेका थिए ।