साप्ताहिक संवाददाता
भाद्र ३१, २०७५
इलेक्ट्रोनिक्स कम्पनी सोनीले संसारकै सर्वाधिक तीव्र गतिको मेमोरी कार्ड तयार पारेको छ । यो मेमोरी कार्ड विशेष गरी एड्भेन्चर फोटोग्राफी रुचाउनेहरूका लागि उपयोगी सावित हुनसक्छ । यो कार्ड पानी पर्दा, धूलो लाग्दा वा अन्य कारणले समेत खराब हुँदैन । सोनीले उक्त कार्डको डिजाइनमै परिवर्तन गरेको छ ।
कार्डको कनेक्टर रिब्सलाई थप सुरक्षित बनाइएको छ भने डाटा प्रोटेक्सन लक हटाइएको छ । ५ मिटर माथिबाट खस्दा पनि यसमा कुनै असर हुँदैन । यसलाई एचएस टु इन्टरफेसबाट बनाइएको छ, जसले गर्दा यो संसारकै सर्वाधिक तीव्र गतिको कार्ड भएको छ ।
यो कार्डमा ३ सय एमबी प्रतिसेकेन्ड रिड स्पिड तथा २ सय ९९ एमबी प्रति सेकेन्ड राइट स्पिड छ । यो मेमोरी कार्ड आगामी अक्टोबरसम्ममा ३२, ६४ तथा १२८ जीबीमा उपलब्ध हुने बताइएको छ ।