साप्ताहिक संवाददाता
भाद्र ३१, २०७५
शैलेन्द्र खोखाली, जो आफै निर्देशन गर्छन् । अफै क्यामेरा सम्हाल्छन् । आफै सम्पादन गर्छन् । संभवत त्यही कारण उनलाई श्रव्यदृश्य सामाग्री निर्माणको हतारोले छाड्दैन । अहिलेका व्यस्तमध्येका एक म्युजिक भिडियो निर्देशक हुन् उनी ।
उनै शैलेन्द्रले यसपाली अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीत हो, बिन्ती । गायक हुन्, प्रविन बज्राचार्य । कल्याण सिंहको संगीत रहेको गीतलाई प्रविणले स्वरवद्ध गरेका हुन् । त्यही गीतको म्युजिक भिडियो पेश गरेका छन्, खोखालीले ।
गायक प्रविण बज्राचार्य आफैमा ‘डग लभर’ हुन् । उनी आफ्ना गीतमा कुकुरको संवेदना पोख्छन् । यसपाली भने उनले मायाप्रेमका कुरा गरेका छन् । यद्यपी भिडियोमा कुकुरलाई पनि फिचरिङ गराइएको छ । ‘कुकुर अनि म’ एल्बममा यो गीत संग्रहित छ ।
म्युजिक भिडियो :