साप्ताहिक संवाददाता
युरोपमा यौन पुतलीहरू राखेर व्यापार गर्ने नयाँ चलनले व्यापकता पाइरहेको छ । यौन पुतली प्रति युरोपेलीहरूको चासो बढेको देखेर इटालीको तुरिन सहरमा सञ्चालनमा आएको लुमिडलको उद्घाटनकै दिन एक साताका लागि ६ महिला तथा १ पुरुष यौन पुतली बुक भएका छन् ।
परम्परागत हावा भर्ने र रोबोट टाइपको तुलनामा युवतीझैं आकर्षक देखिने महिला तथा पुरुष यौन पुतलीलाई लिएर उक्त लुमिडल सञ्चालनमा आएको थियो । यो लुमिडलमा प्राइभेट कोठा, आकर्षक बेड, बाथरुम तथा टेलिभिजनमा अश्लिल चलचित्र लगातार आइरहने सुविधा आदि उपलब्ध छन् ।
पहिलो पटक सञ्चालनमा आएका कारणले धेरै व्यक्ति यस्ता पुतलीप्रति आकर्षित भएको लुमिडलका सञ्चालकले बताए । उद्घाटनकै दिन अत्यधिक भीडका कारण त्यहाँ बुकिङको व्यवस्था मिलाउनुपरेको थियो । यसरी बुकिङ गर्दा प्रतिघण्टाको १३ हजार ५ सय रुपैयाँ तिर्ने ग्राहकलाई समय मिलाउँदा एक सातासम्मका लागि लुमिडलका सबै यौन पुतली बुक भएका थिए ।