साप्ताहिक संवाददाता
आश्विन ४, २०७५
गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ‘बिस्तारै बिस्तारै’को भिडियो रिलीज भएको छ । भिडियोमा सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहेको छ ।
प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतको भिडियोले बालापानदेखिको प्रेमलाई दर्शाएको छ । बाल्यकालमा अनायासै टाढिएको प्रेम किशोरावस्थामा पुन: प्राप्त हुनुनै भिडियोको मूख्य कथा रहेको छ । गीतले प्रेमीप्रेमीका एक आपसमा गहिरो प्रेममा रहेको भान दिन्छ ।
भिडियोको निर्देशन गणेश शाहीले गरेका छन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ ।
गीतको म्यूजिक भिडियो :