साप्ताहिक संवाददाता
आश्विन ५, २०७५
आदित्य प्रतीक सिंह सिसोदिया स्टेज कार्यक्रममा बादशाहको नामले सुपरिचित छन् । सांगीतिक दुनियाँमा भारतका र्यापर बादशाहको बेग्लै पहिचान छ । बादशाहले हिन्दी, हरियाणवी तथा पञ्जाबी गीतमा म्युजिक कम्पोज समेत गरेका छन् ।
भोलि शनिबार दरबारमार्गमा तिनै बादशाहले लाइभ प्रस्तुति दिँदैछन् । बादशाह प्रमुख आकर्षणमा रहने दरबारमार्ग स्ट्रिट फेस्टिभलमा गायिका इन्दिरा जोशी, एज् ब्यान्ड, बुगीबुगी एवं नेपाल आइडलका उत्कृष्ट तीन कलाकारले समेत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्ने बताइएको छ ।
आयोजक : जगदम्बा मोटर्स टिभीज
समय : ३ बजे
प्रवेश : नि:शुल्क