साप्ताहिक संवाददाता
आश्विन ५, २०७५
अनामनगरस्थित मण्डला नाटकघरमा नाटक ‘जालिनी’ मञ्चन भैरहेको छ । पत्रकार तथा लेखक धु्रवसत्य परियारको कथासंग्रह कैरनमा संग्रहित कथा जालिनीमा आधारित उक्त नाटकलाई दयाहाङ राईले निर्देशन गरेका हुन् ।
नाटकको मुख्य भूमिकामा सिर्जना सुब्बा, बिजय बराल, बिनिता गुरुङ तथा पुष्कर कार्कीको अभिनय छ भने अन्य कलाकारमा इँगिहोपा कोइच सुनुवार, पुष्कर कार्की, सागर दाहाल, विकाश पन्त, सञ्जिव राई, दीपक पछलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदीप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान तथा देविन चौधरी छन् ।
भदौ २९ गते प्रदर्शन प्रारम्भ भएको यो नाटक असोज २१ गतेसम्म नियमित मञ्चन हुने बताइएको छ । यो नाटक हरेक दिन ५:३० बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे यसको अतिरिक्त शो गरिनेछ ।