साप्ताहिक संवाददाता
आश्विन ७, २०७५
नयाँ गीत लोक गीत ‘सालको पातको टपरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । केहि साता अघि सार्वजनिक गरिएको गीत नवराज पन्तले लेखेका हुन् । गीतमा संगीत बसन्त थापाले भरेका छन् । आशिष अविरलले संगीत संयोजन गरेको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ ।
माया पिरतीमा देखिने घात प्रतिघात र अविश्वासलाई हटाएर आपसी विश्वासमा अघि बढ्नुपर्ने मुख्य सन्देश गीतमा समावेश गरिएको सर्जक नवराज पन्तले बताएका छन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा अभिनेत्री मरिष्का पोखरेलका साथमा गायक कुलेन्द्र विश्वकर्मा र बसन्त थापाले अभिनय गरेका छन् ।
शिव विकको निर्देशन रहेको भिडियो छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन निशान घिमिरेले गरेका छन् ।
सालको पातको टपरीको म्यूजिक भिडियो :