साप्ताहिक संवाददाता
आश्विन ७, २०७५
कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य श्रृंखला ट्वाक्क टुक्क रिटन्र्समार्फत एक जना बाल कलाकारले लामो समयदेखि दर्शकलाई हँसाइरहेका छन् । उक्त श्रृंखलाका करिब ७० वटा भागमा अभिनय गरिसकेका अनुरोध अधिकारीले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
लिटिल एञ्जल्स स्कुलमा अध्ययनरत अनुरोधले चन्द्रागिरि हिल्स तथा डन साबुनको टिभिसीमा समेत काम गरेका छन् । सानो पर्दामा व्यस्त भैरहेकै बेला अनुरोधले फूलै फूलको मौसम तिमीलाई, तँ, म र ऊ, नेटवर्क तथा हाइवेजस्ता चलचित्रमा समेत अभिनय गर्न भ्याइसकेका छन् ।