साप्ताहिक संवाददाता
आश्विन ८, २०७५
अभिनेत्री सोबिता सिम्खडाले आफ्नो परिचय बदलेकी छिन् । केही वर्ष चलचित्रमा सक्रिय यी अभिनेत्री अब उपन्यासकारका रूपमा दर्शकमाझ आएकी छिन् । केही दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरेकी सोबिताले यसै साता आफ्नो पहिलो उपन्यास ‘वराङ्गना’ पाठकमाझ ल्याएकी हुन् ।
धादिङको गुम्दीमा जन्मिएकी सिम्खडाले उक्त उपन्यासमा आफू जन्मी–हुर्किएको सेरोफेरो, कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति, सामाजिक कुरीतिजस्ता विषयहरू समेटिएको बताएकी छिन् ।
दर्शन शास्त्रमा स्नातकोत्तर गरेकी सोबिताले उक्त उपन्यास लेखनमा तीन वर्ष खर्चिएकी छिन् । उपन्यासको आवरण तथा ट्ेरलरसमेत सार्वजनिक भएको थियो । ओशोकी अनुयायी सोबिता आफूलाई संन्यासीका रूपमा समेत चिनाउन चाहन्छिन् ।