साप्ताहिक संवाददाता
आश्विन ८, २०७५
युवाहरुको सौन्दर्यमा आधारित ‘मिस्टर ह्यान्डसम नेपाल’को पहिलो संस्करण सम्पन्न भएको छ । प्रतियोगीताको पहिलो संस्करणमा मिलन रेग्मी शिर्ष ताज उचाल्न सफल भएका छन् । उनले शीर्ष उपाधि सहित बेस्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भए ।
प्रतियोगितामा फस्ट रनर अप स्थानमा अमोद भट्टले बाजी मारे । उनी मस्ट ईन्टलिजेन्ट तथा मस्ट पपुलरको उपाधि पनि हकदार बने । सेकेण्ड रनर अपमा भने बैभव उपाध्याय विजयी भए ।
उनले बेस्ट फोटोजेनिक अवार्ड पनि जिते । केवल सुब्बा भने पब्लिक च्वाइस तथा मस्ट स्मार्टका साथमा थर्ड रनर अप विजेता बने । अमेजन ईन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गरेकी हुन् ।