साप्ताहिक संवाददाता
आश्विन ८, २०७५
गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फूल टिप्दा’बोलको गीतमा हाङयुग अज्ञातको शब्द तथा दिनेश सुब्बाको सङ्गीत रहेको छ । गीतमा संगीत संयोजन गोपाल रसाईलीले गरेका हुन् ।
उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । सोनाम पाख्रिनले निर्देशन गरेको म्यूजिक भिडियोमा अनिश मगर र रेखा लिम्बूले अभिनय गरेका छन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका छन् ।
गायक सुब्बाको स्वरमा यसअघि बहार तिमी, यति धेरै माया नदेउ, झुकिएर लाए माया लगायतका गीतहरु चर्चामा छन् ।
फूल टिप्दाको म्यूजिक भिडियो :