साप्ताहिक संवाददाता
शानदार अभिनेत्रीका रूपमा बलिउडमा नीना गुप्ताको निकै प्रशंसा हुन्छ । हरेकजसो चलचित्रमा जीवन्त अभिनय गर्ने भएकीले यो उमेरमा पनि उनको लोकप्रियता बढेको बढ्यै छ । नीना अहिले ५९ वर्ष पुगेकी छिन् । उमेरले बुढ्यौली अवस्था छुने बेला यी अभिनेत्री आमा बन्ने तयारीमा छिन् । यद्यपि अचम्म मान्नु पर्दैन, नीनाले रियल लाइफमा नभएर रिल लाइफमा सन्तान जन्माउन लागेकी हुन ।
१९ अक्टोक्बरमा नीनाको चलचित्र ‘बधाई हो’ प्रदर्शनमा आउँदैछ, जसमा उनले त्यस्ती महिलाको भूमिका निर्वाह गरेकी छिन्, जसको तन्नेरी छोरो हुन्छ तर पाको उमेरमा उनी फेरि एकपटक प्रेग्नेन्ट हुन्छिन् । सोही कारणले उनलाई समाजमा ठट्टाको पात्र बनाइन्छ । आश्चर्य त के छ भने यी लोकप्रिय अभिनेत्रीले यो चलचित्र स्क्रिप्ट नपढी एक लाइन स्टोरी सुनेकै भरमा साइन गरेकी हुन् ।
केही समयअघि मिडियामा उनले भनेकी थिइन्— यो चलचित्रको कथा यति दमदार छ कि जसको स्क्रिप्ट पढिरहनु पर्दैन । चलचित्र ‘बधाई हो’ मा आयुष्मान खुरानाले नीनाको तन्नेरी छोराको भूमिका निर्वाह गरेका छन् ।