साप्ताहिक संवाददाता
महान् चाड हरितालिका तीजमा महिलाहरू निराहार व्रत बसे । विवाहितहरू आफ्नो श्रीमान्को दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै व्रत बसे भने अविवाहितहरू राम्रो पति पाउने कामनाका साथ व्रत बस्ने मान्यता छ । आमनेपाली महिलाजस्तै अभिनेत्री नीता ढुङ्गाना पनि तीजमा निराहार व्रत बसिन् । अविवाहित भएकाले नीताको आशा पनि राम्रो पति पाउने नै हो ।
केही समयअघिसम्म नीताको प्रेमसम्बन्धको चर्चा भए पनि अहिले भने त्यस्तो सम्बन्धका बारेमा खासै चर्चा हुँदैन। नीताले सामाजिक सञ्जालमा अभिव्यक्त गरेका कुराले पनि उनी सिंगल नै छिन् भन्ने दर्साउँछ ।
उनले तीजको व्रतको दिन फेसबुकमा कोही त होला, कतै त होला, उसैका लागि बसिदिएँ व्रत— ओम नम: शिवाय भन्दै एउटा पोस्ट गरेकी थिइन् । यसबाट पनि नीता सिंगल नै छिन् भन्ने प्रस्ट हुन्छ । अब हामी पनि नीता सिंगलबाट मिंगल हुन् भन्ने कामना गरौं ।