आश्विन ९, २०७५
पश्चिमी मुलुकमा शुक्रकीट बैंकको अवधारणाले व्यापकता पाउँदै गएपछि त्यस्ता बैंकले दिने अफरमा समेत विविधता आउन थालेको छ । क्यालिफोर्नियास्थित क्राइओबैंक नामक शुक्रकीट बैंकले आफूले विश्वमा विभिन्न सेलिब्रेटीको अनुहारसँग मेल खाने किसिमका शुक्रकीटको व्यवस्था गरेको जनाएको छ ।
उक्त बैंकले कुनै पनि महिलाले आफूले जन्माउने सन्तान कुनै कलाकार, खेलाडी वा संगीतकार जस्तो देखियोस् भन्ने चाहन्छन् भने त्यस्तै अनुहारसँग मेल खाने व्यक्तिको शुक्रकीटको व्यवस्था मिलाउने जनाएको हो । कम्पनीको वेबसाइटमा भनिएको छ– हाम्रा अनुसन्धानकर्ताहरूले त्यस्ता अनुहारका मानिसको खोजी गर्छन् ।
यसमा हामीले शुक्रकिट दाताको उचाइ, आँखा, केश तथा छालाको रंग उल्लेख गर्ने गरेका छौं । इच्छुक महिलाहरूले तिनै पुरुषमध्ये आफूले चाहेको व्यक्ति छनोट गरेर उसको शुक्रकीट दान लिन सक्छन् ।