आश्विन १०, २०७५
आकर्षक शरीर र अभिनयका कारण धेरैको मन जितेका अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पटानीको सम्बन्ध केही वर्षमा निकै प्रगाढ भैसकेको थियो । आफैंले सार्वजनिक रूपमा स्वीकार नगरे पनि उनीहरू केही समयदेखि गहिरो सम्बन्धमा छन् भनेर भारतीय मिडियाले दाबी गर्दै आएका थिए ।
केहि समयअघि यो जोडीले अभिनय गरेको बागी–२ व्यवसायिक रूपमा सफलसमेत भएको थियो । उक्त चलचित्रको छायांकन सुरु भएपछि नै उनीहरूको प्रेम अझ बलियो भएको बताइएको छ ।
करण जौहरको स्टुडेन्ट अफ द इयर–२ को छायांकनमा व्यस्त टाइगर अहिले सोची चलचित्रकी अभिनेत्री तारासँग नजिकिएपछि दिशा निकै चिन्तित छिन् । चलचित्रको छायांकनका बेला टाइगर–तारा घण्टौं गफ गरेर बसेको तथा निकै हर्षित मुद्रामा उनीहरूले सँगै तस्बिर खिचाएको घटनापछि दिशा निकै तनावमा परेको बताइन्छ ।