साप्ताहिक संवाददाता
निर्देशक संगीता श्रेष्ठको चलचित्र ‘कथा काठमाडौं’ प्रदर्शनको संघारमा छ । चलचित्रको एउटा गीत तथा ट्रेलर विवादमा आएपछि अभिनेत्री प्रियंका कार्की कथा काठमाडौंको प्रचार–प्रसारबाट पछि हटेकी छिन् । त्यही सामग्रीमा अभिनय गर्ने अभिनेता प्रमोद अग्रहरि भने प्रियंकाको ठिक विपरीत उक्त भूमिकाप्रति उत्साहित छन् ।
प्रमोदले उक्त अभिनयलाई कलाकारको धर्म मानेका छन् । ‘त्यो दृश्यले मेरो अभिनय करियरलाई नराम्रो गर्ला जस्तो लाग्दैन, प्रमोद भन्छन्– ‘कलाकार भएपछि हरेक किसिमको चरित्र निर्वाह गर्नुपर्छ ।’ अधिकांशले उक्त दृष्यलाई अश्लील माने पनि प्रमोद भने त्यसले समाजलाई एक प्रकारको सन्देश दिने तर्क गर्छन् । यद्यपि प्रमोदले पनि पहिलो पटक गीत हेर्ने दर्शकले त्यसमा छाडापन देखेको अनुभव गरेका छन् ।
‘गीतमा कथा, क्यारेक्टर र पीडा फेला पार्न थालेपछि दर्शकहरूले हाम्रो चलचित्रको प्रतिक्षा गर्न थालेका छन्, प्रमोदका अनुसार पछिल्ला ६ वर्षको अविधमा उनले अभिनय गरेका झन्डै डेढ दर्जन चलचित्रमध्ये कथा काठमाडौंको उनको गेटअप, व्यक्तित्व, भाषा तथा मनोविज्ञानमा आकाश–जमिनको अन्तर छ ।