साप्ताहिक संवाददाता
कानुनमा बन्देज भए पनि नेपालमा पुरुषले दुईवटा विवाह गर्ने कुरा नौलो होइन । यद्यपि कुनै युवतीले दुई जना पुरुषसँग विवाह गर्छन् कि गर्दैनन् ? आज शुक्रबार सार्वजनिक हुने छिरिङ यही विषयवस्तुमा केन्द्रित चलचित्र हो ।
यो चलचित्रको अर्को विशेषता स्व: अम्वर गुरुङको चर्चित गीत ए कान्छालाई रिमेक गरी समावेश गरिनु हो । यो चलचित्रका धेरैजसो दृश्य मुस्ताङको दुर्गम गाउँ घरबजोङ ठिनेमा खिचिएको छ ।
चलचित्र छिरिङले नेपालका उच्च हिमाली जिल्लाहरूमा विद्यमान बहुपति प्रथालाई नयाँ ढंगले केलाउने प्रयास गरेको छ । यो चलचित्रलाई यशकुमार तथा याम थापाले लेखेका हुन् । मानकृष्ण महर्जनले खिचेको यो चलचित्रको सम्पादन मिलन श्रेष्ठ तथा साहिल खानले गरेका छन् ।
निर्देशक : यशकुमार कलाकार : यशकुमार, निमा रुम्बा, कामना भुजेल, जिम्मे गुरुङ आदि । संगीत : यशकुमार, अम्वर गुरुङ तथा प्रकाश गुरुङख ।