साप्ताहिक संवाददाता
आश्विन १२, २०७५
भोली शनिबार ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा मंगोलियन हार्टका गायक राजु लामा प्रस्तुत हुँदैछन् । मंगोलियन हार्ट २५ वर्ष पुगेको उपलक्ष्यमा टर्टल लाउन्जले उक्त विशेष कार्यक्रम आयोजित गर्न लागेको हो ।
उक्त अवसरमा एरियल ब्यान्डका साथै डिजे निरल, डिजे अशोक तथा डिजे ज्याकले समेत प्रस्तुति दिनेछन् ।
सेन्सेन्सनल ह्वाइट थिम पार्टीको अवधारणामा सञ्चालन हुने उक्त कार्यक्रममा सेतो पहिरन लगाएर आउनेहरूलाई लक्की ड्र मार्फत विशेष उपहारसमेत प्रदान गरिनेछ ।
समय : ७ बजे
कलाकार : डिजे निरल, डिजे अशोक, डिजे ज्याक आदि ।