आफ्नो स्किन टाइप बुझौं
प्राय: पुरुषलाई आफ्नो छाला कुन प्रकारको छ, थाहा हुँदैन, जसका कारण उनीहरू तैलीय छालामा मोइस्चराइजिङ क्रिम अनि ड्राइ स्किनमा ओयल फ्रि क्रिम प्रयोग गर्छन् । यो समस्याबाट जोगिन एउटा टिस्यु पेपरलाई आफ्नो मुहारमा राखेर छालाको जाँच गर्नुपर्छ । यसबाट आफ्नो छाला तैलीय छ कि छैन पत्ता लाग्छ । यदि ओयलका साथमा डस्ट पार्टिकल्स पनि छ भने छाला तैलीय छ भन्ने बुझ्नुपर्छ ।
क्लिन्जिङ
दैनिक क्लिन्जिङ गर्नाले छाला चम्किलो एवं कोमल हुन्छ । छालाको प्रकारअनुसार क्लिजिङ प्रयोग गर्दा मुहारको रोमछिद्रमा भरिएको धूलोमैलो निस्कन्छ र अनुहार दागरहित हुन्छ ।
सेविङ वा ट्रिमिङ
यसबाट मुहारको मैलो सफा हुन्छ । सेविङका लागि हार्ड ब्लेड प्रयोग गर्नु हुँदैन । यदि हेवी विचर्ड राख्न चाहनुहुन्न वा आफ्नो ज–लाइन सार्प छ भने स्टबल बियर्ड राखेर लुकलाई आकर्षक बनाउन सकिन्छ । यदि ज–लाइन सार्प छैन भने चिउँडोमुनिको केश सफा गरी पेच स्टाइल अपनाउन सकिन्छ ।
मोइस्चराइजर
अनुहारको छालाको नरमपन कायम राख्न जरुरी छ, कारण जब छाला सुख्खा हुन्छ तब त्यो फुट्न थाल्छ । यसबाट छाला कस्सिन्छ । यस्तो अवस्थामा मोइस्चराइजर प्रयोग गरी आफ्नो छालालाई कोमल राख्न सकिन्छ ।
एक्सफोलिएसन
मुहारबाट छालाका मृत कोषहरू हटाउन एक्सफोलिएट गर्नु आवश्यक छ । धूलोमैलो र तैलीय पदार्थ छालाको बाहिरी भागमा जम्मा हुन्छ र ब्ल्याक तथा ह्वाइट हेड्स मौलाउँछ । यसलाई एक्सफोलिएसनका माध्यमबाट हटाउन सकिन्छ । यो उपाय सातामा दुई पटक अवलम्बन गर्न सकिन्छ ।
उपयुक्त साबुन छनोट
धूलो एवं प्रदूषणको जति बढी सामना गरिन्छ । साबुन छनौट गर्दा त्यति नै सचेत हुनुपर्छ । आफ्नो छालाअनुरूपकै साबुन प्रयोग गर्नुपर्छ । ओयली स्किनका लागि फ्रुट वा जेल बेस्ड
साबुन तथा ड्राइ स्किनका लागि क्रिम बेस्ड साबुन प्रयोग गर्नु उपयुक्त हुन्छ ।
सनस्क्रिन
घामको प्रभावबाट जोगिन सनस्क्रिन प्रयोग गर्नुपर्छ । एसपीएफ ३० युक्त सनस्क्रिन छालालाई घामबाट जोगाउन प्रभावकारी हुन्छ ।
माउथवास
मुखबाट आउने दुर्गन्धका लागि दाँतको फोहोर पनि जिम्मेवार हुन्छ । टुथब्रसलाई हरेक तीन महिनामा परिवर्तन गर्नुपर्छ । ब्रस गर्दा जिब्रो पनि सफा गर्नुपर्छ । माउथवास भने दिनहुँ प्रयोग गर्नु हुँदैन ।
नङ राखौं सफा
नङलाई सफा एवं ट्रिम राख्नुपर्छ । यदि नङ कडा छ भने केही समय पानीमा भिजाए त्यो नरम हुन्छ । भिजेको नङ काट्न सजिलो हुन्छ ।
सुगन्धको कुरा
महिलाको तुलनामा पुरुषको शरीरमा बढी रौं हुन्छ, जसले गर्दा पसिना पनि बढी आउँछ । राम्रो खालको परफ्युम, डिओ बडी स्प्रे तथा टेलकम पाउडर प्रयोग गरी शरीरको दुर्गन्धबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।
स्वयंलाई आकर्षक बनाऔं
आईब्रोज हेभी र बाक्लो छ भने सैलुनमा गएर त्यसलाई ट्रिम गर्नुपर्छ । यसलाई राम्रो खालको ट्रिमरले आफंैले पनि सेट गर्न सकिन्छ । ट्रिमरबाट नाक र कान दुवै स्थानका रौंलाई सहजै सफा गर्न सकिन्छ । प्लकरका मद्दतले ब्रोजको आइवन रौं वा अतिरिक्त रौंलाई प्लक गर्न सकिन्छ ।
केशको ट्रिमिङ
केश छोटो राख्न हरेक २–३ सातामा त्यसलाई ट्रिम गराउनुपर्छ । गर्दनपछाडि आउने लामो रौं सेब गर्नुपर्छ ।
नुहाउनुपर्छ
केश नियमित रूपमा सफा गर्नुपर्छ । ड्राइ हेयर छ भने एकदिन बिराएर धुन सकिन्छ । आफ्नो केशको टेक्सचरअनुसार राम्रो खालको स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ ।
स्टाइलिङ प्रोडक्ट्स
केशलाई स्टाइल प्रदान गर्न हेयर सिरम प्रयोग गर्न सकिन्छ । यसको प्रयोग भिजेको केशमा गर्नुपर्छ । त्यसबाहेक केशमा हेयर क्रिम वा मुस आदिसमेत प्रयोग गर्न सकिन्छ । यसले केश शाइनी देखाउनुका साथै त्यसलाई सेटसमेत गर्छ ।
हेयर स्टाइल
केश लामो छ भने पोनी स्टाइल अपनाउन सकिन्छ । त्यसबाहेक बज कट अर्को राम्रो विकल्प हो ।
जसको केश खुइलिन थालेको छ, जसको केश कम छ उनीहरूका लागि सैग, सर्ट, स्पाइकी तथा क्रु कट उपयुक्त हुन्छ ।