समुद्रमा रमाउनेहरूको संख्या बर्सेनि बढे पनि मुस्लिम महिलाहरूलाई भने समुद्री तटमा बिकिनी लगाएर घुम्न धार्मिक कानुनले नै वर्जित गरेको छ । इस्लामिक कानुनअनुसार महिलाले आफ्ना श्रीमान्बाहेक पर–पुरुषका अगाडि छोटो पहिरन लगाएर उपस्थित हुन पाउँदैनन् । यही कानुनका कारण मुस्लिम महिलाहरू बिकिनी लगाएर समुद्री तटमा उपस्थित हुन सकिरहेका थिएनन् ।
यो समस्याको समाधान हालै लेबनानको जियेह सहरस्थित समुद्री तटमा निस्किएको छ । स्थानीय एक क्लबको पहलमा उक्त तटमा पुरुषहरूको प्रवेश निषेध गरिएको छ । उक्त तटमा कुनै पुरुष प्रवेश गरे उसलाई २ हजार रुपैयाँ जरिवाना हुनेछ । यो व्यवस्थापछि मुस्लिम महिलाहरूले बिकिनी लगाएर घुम्नुको आनन्द उठाउन सक्नेछन् । त्यहाँ
कुनै महिलाका ८ वर्षभन्दा मुनिका छोरालाई भने प्रवेश दिइनेछ । महिलाहरूलाई उक्त तटमा फोटो खिच्न भने प्रतिबन्ध लगाइएको छ । अहिले उक्त समुद्री तटमा बिकिनी लगाएर स्वतन्त्रताको अनुभव गर्ने मुस्लिम महिलाहरूको संख्या दिन प्रतिदिन बढिरहेको बताइन्छ ।