साप्ताहिक संवाददाता
मेघा टेली सिरियल ‘डियर जिन्दगी’को टाइटल गीत तथा ट्रेलर सार्बजनिक भएको छ । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’मा सुनिल थापा, पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, रामकृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगाएतका कलाकारको अभिनय गरेका छन् ।
‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी, कार्यकारी प्रोडुसर युबराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।
वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् । मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।