साप्ताहिक संवाददाता
आश्विन १७, २०७५
२० पटकका ग्रान्ड स्लाम च्याम्पियन तथा प्रसिद्ध टेनिस खेलाडी रोजर फेडररले स्वीजरल्यान्डको आल्प्स पर्वत श्रृंखलाको रोमाञ्चक यात्रा गरेका छन् । उक्त अवसरमा फेडरर बर्फिलो झरनामा रमाउनुका साथै माछाका परिकारको स्वाद लिन पछि परेनन् भने बर्फिलो पहाडमा टेनिस खेल्ने मौकासमेत गुमाएनन् ।
फेडररले विश्व प्रसिद्ध बेस्ट सेलिङ लेखक ब्रेयर गिल्सका साथ उक्त रोमान्चक यात्रा गरेका थिए । फेडररको उक्त यात्रा रोमान्चक सफर डिस्कभरी च्यानल इन्डियाको ‘रनिङ वाइल्ड विथ बेयर ग्रिल्स’ नामक नयाँ सिरिजको एक हिस्सा थियो । यो एउटा रियालिटी शो हो, जसमा ग्रिल्सले विभिन्न हस्तीहरूलाई रोमाञ्चक यात्रामा लान्छन् ।