साप्ताहिक संवाददाता
जर्मनीले विश्वमै पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सेवा प्रारम्भ गरेको छ । चम्किलो नीलो रङको कोराडिया आइलिन्ट नामक रेलले उत्तरी जर्मनीको एक सय किलोमिटर रुटमा सेवा प्रारम्भ गरिसकेको छ । यो रेल एक ट्यांकी हाइड्रोजनबाट १ हजार किलोमिटर गुड्न सक्छ । यो डिजेल ट्रेन जत्तिकै रेन्ज हो ।
फ्रेन्च कम्पनी एल्स्टोमले निर्माण गरेका यो रेलले हाइड्रोजन तथा अक्सिजन मिसाएर विद्युत् निकाली हाइड्रोजन फ्युल सेल उत्पादन गर्छ । एल्स्टोमले नै जापानमा टीजीभी बुलेट ट्रेन निर्माण गरेको हो । अब डिजेलबाट चल्ने रेलबाट निस्कने प्रदूषणको युगसमेत समाप्त हुनेछ ।
यसमा भएको ब्याट्री र मोटरलाई विद्युत् उपलब्ध गराइनेछ र यो इको–फ्रेन्ड्ली टेक्नोलोजी मानिन्छ । यसबाट बाफ मात्र निस्कनेछ र यसले वातावरणलाई प्रदूषित तुल्याउँदैन । ब्रिटेन, नेदरल्यान्ड, डेनमार्क, नर्वे, इटाली तथा क्यानाडाले पनि हाइड्रोज ट्रेन सञ्चालनका लागि कार्य गरिरहेका छन् ।
फ्रान्स सरकारले आगामी सन् २०२२ सम्ममा हाइड्रोजन ट्रेन प्रयोगमा ल्याउने घोषणा पहिले नै गरिसकेको छ ।