साप्ताहिक संवाददाता
आश्विन १९, २०७५
दसैंको पूर्वसंन्ध्या पारेर आज शुक्रबार साँझ काठमाडौंमा फेस्टिभ फेसन फिभर–२०७५ शीर्षकको फेसन शो आयोजित हुँदैछ । आयोजक आमिर कला केन्द्रले जनाए अनुसार उक्त फेसन शोका क्रममा नेपालमा पहिलो पटक आयोजना हुन लागेको पञ्जा लडाउने प्रतियोगिता अर्थात ‘आर्म रेस्लिङ नेपाल’ को घोषणा समेत गरिनेछ ।
त्यसक्रममा उक्त प्रतियोगिताको प्रचारात्मक टिजर सार्वजनिक हुनेछ । आयोजक अमिर बज्राचार्यका अनुसार शुक्रबारको उक्त कार्यक्रममा आर्म रेस्लिङमा सहभागिता जनाउन आह्वान समेत गरिनेछ । सहभागीहरूको संख्या निर्धारण भएपछि उक्त प्रतियोगिता सञ्चालनमा ल्याइने बताइएको छ ।
स्थान : मसाला कटेज, टेकु समय : साँझ ५ बजे
मिति : असोज १९ गते शुक्रबार प्रवेश शुल्क : ५ सय रुपैयाँ