साप्ताहिक संवाददाता
आश्विन १९, २०७५
विश्वकै भरपर्दो नक्साका रूपमा स्थापित गुगल म्यापले केबल बाटोको नक्सा मात्र नदेखाएर बाटो वरिपरिका दृश्यसमेत समेट्दै लगेको छ । यसका लागि गुगलले करोडौं डलर खर्च गरेर गुगल स्ट्रिट भ्यू निर्माण गरिरहेको छ । ३६० डिग्रिमा तस्बिर खिच्ने क्यामेरा प्रयोग गरिएको उक्त तस्बिरलाई स्टिच गरेर गुगलले आफ्नो उक्त नक्सा तयार पार्ने गरेको छ । यसरी तयार पारिएको तस्बिर अस्वभाविक किसिमको देखिन्छ ।
गुगलको स्ट्रिट भ्यू क्यामेराले खिचेका तस्बिर अनौठा हुनाले ती तस्बिरलाई धेरैले भाइरलसमेत बनाउँछन् । यसै क्रममा गुगल म्यापमा देखिएको एक जोडी युवा–युवतीको तस्बिर शरीरको तल्लो भाग जोडिएजस्तो देखिएको छ भने एउटा पुरुषको खुट्टा मात्र देखिएका कारण उक्त तस्बिरसमेत अनौठो मानिएको छ ।