साप्ताहिक संवाददाता
आश्विन २०, २०७५
आज शनिबार पोखरा लेकसाइडस्थित अक्सिजन लाउञ्ज बारमा कमेडी नाइट प्रस्तुत हुँदैछ ।
उक्त अवसरमा कमेडियन अपूर्व क्षितीज सिंह, प्रनेश गौतम, सुजन जिम्बा, सविन लामिछाने तथा सन्दीप पाण्डेले वातावरण रमणीय बनाउनेछन् भने त्यहाँ लाइभ ब्यान्ड ब्ल्याक पेपरकोको प्रस्तुतिसमेत समेटिनेछ ।
पहिलोपटक पोखरामा कमेडी सर्कलको प्रस्तुतिमा रम्न उक्त कार्यक्रम आयोजित गरिएको आयोजक अक्सिजन बारको दाबी छ । स्ट्यान्डअप कमेडी नयाँ पुस्ताका कलाकारहरूका लागि प्रभावकारी मञ्चका रूपमा विकसित हुँदै गएको छ भने यसले दर्शकलाई नौलो स्वाद समेत प्रदान गरिरहेको छ ।
स्थान : अक्सिजन लाउञ्ज बार, लेकसाइड पोखरा
प्रवेश : नि:शुल्क
समय : साँझ ७ बजे