साप्ताहिक संवाददाता
दसैं नजिकिएसँगै विभिन्न स्थानमा सस्तो पसल खुल्ने क्रम बढेको छ । सरकारी प्रयासमै यस्ता पसलहरू खुलेका छन् । सरकारले गत असोज १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । विगतका वर्षहरूमा दसैं–तिहार आदि चाडपर्वलाई लक्षित गरेर यस्ता पसल सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । ती पसल आगामी कात्तिक २३ सम्म सञ्चालनमा रहने छन् ।
विभागका अनुसार नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन तथा दुग्ध विकास संस्थान आदिमा दर्ता भएका सहकारी समेतले आफ्नै तरिकाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन भैरहेको छ । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने खाद्यान्न आदि दैनिक उपभोग्य वस्तुमा विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।
साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल तथा तीनवटा घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ वटा डीपो एवं कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको छ । खाद्य संस्थानले उपत्यकाका पाँच तथा देशभर छरिएको आफ्नो सञ्जालबाट खाद्य सामग्रीहरू बिक्री वितरण गरिरहेको छ । विगतका वर्षहरूमा खसी तथा च्यांग्रा बिक्री गर्दै आएको खाद्य संस्थानले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको छ । दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनहरूमा छुटको व्यवस्था मिलाएको छ । दसैंलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा असोज ११ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजित गरिएको थियो । बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले उक्त मेला सञ्चालन गरिएको हो । ५ दिन चलेको उक्त एक्स्पोमा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल तथा होम अप्लाइन्सेजका ७२ वटा स्टल थिए । मेलामा बजारको तुलनामा सस्तोमा नेपाल, भारत तथा बंगलादेश आदि मुलुकका सामान बिक्री गरिएका थिए ।
अहिले काठमाडौंका विभिन्न स्थानमा सामान किन्नेहरूको भीड छ । भृकुटीमण्डप, न्युरोड, रत्नपार्क, लगनखेल, नयाँ बसपार्क, कलंकी, चाबहिल, भक्तपुर आदि स्थानमा सामान किन्नेहरूको त्यस्तो घुइँचो देख सकिन्छ । दसैंलाई नै लक्षित गरी विभिन्न कम्पनीले ग्राहकहरूका लागि विभिन्न प्रकारको अफर समेत ल्याएका छन् ।
रेमिट्यान्स कम्पनी आइएमईले दसैंैं, दीपावली र छठलाई लक्षित गर्दै ‘दसैंैंमा २० लाख’ योजना ल्याएको छ । यो योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरी हरेक दिनको ‘लक्की ड्र’ बाट छनोट हुने १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फत १ हजार रुपैयाँको बिल भुक्तानी, हरेक साता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।
‘लक्की ड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिसबमोजिम नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिभर सुरक्षित राख्नुपर्नेछ ।
ईजी मोबाइल केयरले दसैंैतिहार तथा छठको अवसर पारेर बैंकको क्रेडिट कार्ड भएका ग्राहकहरूका लागि फेष्टिभल अफर ल्याएको छ । न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोनहरू किस्ताबन्दीमा किन्दा विभिन्न उपहार प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । बैंकको क्रेडिट कार्ड देखाउनुहोस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस् नामक उक्त अफरअन्तर्गत विभिन्न बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यसको फाइदा उठाउन सक्नेछन् । यो अफरअन्तर्गत सुविधा लिन क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी भुक्तानी गर्ने गरी शून्य ब्याजमा कुनै पनि ब्रान्डको स्मार्टफोन किन्न सकिन्छ ।
‘सयौं सम्बन्धको कयौं भावना’ भन्ने नयाँ नाराका साथ कोकाकोलाले आफ्नो नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आसय हजारौं सम्बन्धको अनगिन्ती भावनासँग कोक जोडिएको छ भन्ने हो । यो योजनाले मुख्यत: १६ विभिन्न मानवीय भावनालाई समेटेको र त्यसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट तथा हाँसो रहेको कम्पनीले बताएको छ ।
यसका लागि कोकाकोलाको नयाँ लेबल र प्याक सार्वजनिक गरेको छ । ती सुनौला लेबलहरूले पर्वको झझल्को दिने विषयवस्तुलाई समेटेका छन् । कोकाकोलाका यी प्याकले आफ्ना प्रियजनमा उत्साह तथा भावना आदान प्रदान गर्ने अबसर प्रदान गर्ने कम्पनीको दाबी छ ।
हिम इलेकट्रोनिक्सले दसैंैं, तिहार तथा छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक गरेको छ । ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन जस्ता होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । उक्त योजनाको नारा ‘स्क्र्याच गरी, उपहार जीति, दङ्ग परी’ भन्ने छ । यो योजनामा समावेश हुने ग्राहकले कुपन स्क्र्याच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन् ।
शिखर सुजले दसैंै–तिहार लगायतका चाडबाडलाई लक्षित गर्दै फेरि आयो पाडो किन्दा भैंसी उपहार योजना ल्याएको छ । दसैंैं–तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरूको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता हालसालै बजारमा उतारेको र हरेकलाई हात खाली नजाने गरी उपहार योजना प्रस्तुत गरिएको शिखरले बताएको छ । यो योजनाअन्तर्गत जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्पर पुरस्कारका रूपमा कार प्राप्त गर्नेछन् । ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार समेत प्राप्त गर्ने बताइएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउनेछ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा सामसङ स्मार्टफोनको खरिदमा ‘सामसङको दसैं अफर’ नामक योजनामा ग्राहकहरूलाई उपहार स्वरूप क्यास ब्याकको अफर दिएको छ । कुनै पनि स्मार्टफोन खरिदकर्ता वा सामसङको ट्याबलेट खरिद गर्ने ग्राहक मध्येबाट ४ साता सम्म हरेक साता २ जना भाग्यशाली विजेताले सिंगापुर गई स्टार क्रुजमा जलयात्रा गर्न पाउने कम्पनीले बताएको छ ।
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले दसैंलाई लक्षित गरि सुविसु शुभ अफर प्रस्तुत गरेको छ जसमा क्लियर टीभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टीभी सेवामा फरक–फरक आकर्षक अफर छन् ।
दसैंैं तिहारको उपलक्ष्यमा सवारी साधन बिक्री वितरण गर्ने कम्पनीहरूले यसपटक पनि विभिन्न अफर अघि सारेका छन् । दसैंैमा नयाँ सामान भित्र्याउने प्रचलनसँगै ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न मोटर कम्पनीले विभिन्न अफर ल्याएका हुन् ।
यसै क्रममा महिन्द्रा टु ह्विलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले दसैंै, तिहार तथा छठको अवसरमा ‘मूल्य कति स्क्याच गरी आउँछ जति’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत हरेक महिन्द्रा टु ह्विलरका खरिदकर्ताले स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त स्क्र्याच कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सकिनेछ । यो योजनाअन्तर्गत न्यूनतम २ हजार ७५ रुपैयाँसम्ममा महिन्द्राको टु ह्विलरलाई आफ्नो बनाउन सकिनेछ ।
हिरोले ‘दसैंैँतिहार बन्नेछ हिरोमाञ्चक’ अफर ल्याएको छ । यो अफर अन्तर्गत हिरोले आफ्ना ग्राहकहरूका लागि स्कुटरमा ८ हजार रुपैयाँ तथा बाइकमा ६ हजार रुपैयाँ पक्का छुटको व्यवस्था मिलाएको छ । यसका साथै हरेक स्क्र्याचमा १ लाख रुपैयाँसम्म क्यासको व्यवस्था गरिएको छ । बम्पर उपहारका रूपमा हिरोले हरेक १५ दिनमा १ लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था समेत गरेको छ ।
टाटा मोर्टसले बडादसैंै मेघा अफर ल्याएको छ । यस अन्तर्गत टाटाले हरेक कारमा एउटा आइफोन एक्स सित्तैंमादेखि २ लाख रुपैयाँसम्मको छुट दिने भएको छ । अफर अन्तर्गत टाटाले १ वर्षको फ्री इन्स्योरेन्स तथा १६ हजार ८ सय रुपैयाँको किस्तामा टाटाका गाडी उपलब्ध गराउने जनाइएको छ भने केही गरी गाडी बिग्रिएमा २५ हजार रुपैयाँसम्मको मर्मत टाटा मोटर्स आफंैले गरिदिने भएको छ ।
महिन्द्रा ग्रुपले जहाँ–जहाँ जानुस् महिन्द्रा चढी, सेवा पाउनुहुन्छ दसैंैभरि नाराका साथ ‘अफर एकछिनको खुसी सेवा सधै भरिको’ दसैंै योजना ल्याएको छ जसमा १० दशमलव ५ प्रतिशत ब्याजमा आफ्ना सवारी साधन उपलब्ध गराउने महिन्द्राले जानकारी दिएको छ ।
एमजी मोर्टसले आफ्ना गाडीमा २ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । स्याकर ट्रेडिङले होन्डा कारमा १ लाख १० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म छुटको व्यवस्था मिलाएको छ ।
स्कोडा मोर्टसले ग्राहकले दसैंैतिहारमा किस्तामा गाडी लिंदा ६ महिनाको इएमआई (किस्ता) को रकम आफंैले तिरी दिने योजना ल्याएको छ । कम्पनीद्वारा सञ्चालित एमआईपीएल फाइनान्सबाट किस्तामा गाडी किन्ने ग्राहकहरूका लागि स्कोडाले उक्त अफर प्रस्तुत गरेको हो ।
रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइलले दसैंतिहार लगायतका चाडपर्वको अवसरमा ‘रेनो शुभलाभ’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकका लागि नगद छुट, फ्रि इन्स्योरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पट फाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन तथा एक्सचेन्जको सुविधा उपलब्ध हुन्छ । यो स्किम रेनोको डस्टर, क्याप्चर तथा क्विडमा लागू गरिएको छ ।
यसैगरी अहिले देशैभरका मल, सपिङ सेन्टर तथा प्रमुख बजारहरूमा सेल छुट तथा वाई वान गेट वानजस्ता अफर सार्वजनिक गरिएका छन् जसमा बुद्धि पुर्याएर खरिददारी गर्न सके उपभोक्ताहरूले राम्रै लाभ उठाउन सक्छन् ।