साप्ताहिक संवाददाता
सिभिल मल
म किनमेलका लागि धेरै पटक सिभिल मल पुगिरहेकी हुन्छु । त्यहाँ म विशेष गरी कपडा किन्छु । सिभिल मलमा अन्य ठाउँको तुलनामा बढी फेसनेवल पहिरन पाइन्छ । यसका साथै तुलनात्मक रूपमा सस्तो पनि हुने हुँदा पहिरन किनमेलका लागि म धेरैजसो सिभिल मल नै रोज्छु ।
दरबारमार्ग एरिया
म दरबारमार्ग पनि पुगिरहेकी हुन्छु, जहाँको बेन्ट्लीमा विशेष गरी ब्याग किन्छु । अरू ठाउँभन्दा अलि महँगो परे पनि त्यहाँ ब्रान्डेड सामान पाइने विश्वास छ । वेन्टलीमा मैले ३ वटा ब्याग किनिसकेकी छु ।
सिटीसेन्टर
सिटीसेन्टरमा म विशेष गरी वान पिस, हाफ पाइन्ट तथा जुत्ता किन्न पुग्छु । मेकअपका सामान पनि धेरैजसो सिटी सेन्टरमै किनिरहेकी हुन्छु ।
भाटभटेनी
किचनका सामान किन्नु पर्दा भाटभटेनी मेरो रोजाइमा हुन्छ । एकैठाउँमा सबै सामान पाइने र अन्य किराना पसलको तुलनामा सस्तो पर्ने भएकाले पनि भाटभटेनी मेरो प्राथमिकतामा पर्छ । यस्तै घर सजावटका सामान किन्न पनि म भाटभटेनी पुग्छु । यसपालीको दसैंंका लागि घर सजाउने सामान किन्न म भाटभटेनी नै जाने तयारीमा छु ।
बिग मार्ट
केही सामान आवश्यक परिहाल्यो भने मेरो गन्तव्य बिग मार्ट हुन्छ, जहाँ म विशेष गरी टुथ ब्रस, टुथ पेस्ट, चकलेट, आइसक्रिम आदि खरिद गर्छु ।