दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि अक्सनमा १ सय १२ खेलाडी खरिद भएका छन । तिलोत्तमा क्रिकेट विकास समितिद्वारा आयोजित उक्त अक्सनमा सहभागी आठ टिमका लागि खेलाडी खरिद गरिएका हुन् । टिमका मालिक, म्यानेजर, कोच तथा मार्की खेलाडीहरू आ–आफ्नो टिमका लागि उक्त खेलाडी खरिदमा सहभागी थिए । अक्सनमा २ सय ७१ खेलाडी उपलब्ध थिए ।
अक्सनमा रोयल शंकरनगरले खेलाडीमा सबैभन्दा बढी रकम खर्च गरेको थियो । रोयलले १ लाख ३५ हजार ५ सय रुपैयाँ खर्च गरेर सन्दिप सुनार, सुशान भारी, फैजल खानजस्ता चर्चित खेलाडीलाई आफ्नो टिममा समावेश गरेको छ । ज्ञानोदय गोल्ड्सले १ लाख ३१ हजार रुपैयाँ खर्च गरेर सन्तोष क्षेत्री, देवेन्द्र सोमरे, निर्मल थापा, राहुल बिकेसहितको टिम तयार गरेको पारेको छ । मणिग्राम किङ्सले कृष्ण कार्की, लालबहादुर अधिकारीसहितको टिमका लागी १ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ भने रोयल च्यालेजरल अहमद, प्रकाश केसीसहितका खेलाडीलाई आफ्नो टिममा पार्न १ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ ।
कात्तिक २७ गते प्रारम्भ हुने यो प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँप्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कुन टिममा कुन खेलाडी ?
रोयल च्यालेन्जर, भैरहवा
इखलाक अहतमद (मार्की), प्रकाश केसी, रमेश कुर्मी, सन्दीप केसी, सिजन मकाजु, रोशनलाल गुप्ता, आशुतोष पासवान, मैनुद्दिन कजु, धीरज साही, गणेश गौडेल, विवेक न्यौपाने, अहमद हुसेन, सुशान्त थापा तथा रोशन चौधरी ।
एसआरएनएससीए टाइगर्स
निश्चल चौधरी (मार्की), अनिल खरेल, विक्रम भुसाल, मनिष थापा, तुलबहादुर थापा, सुरज दराई, दुर्गेस गुप्ता, महेन्द्र सुवेदी, अर्जुन गिरी, दामोदर बस्याल, विवेक शर्मा, शंकर राना, आयुश पुर्जा तथा प्रकाश गिरी ।
ज्ञानोदय गोल्ड
सन्तोष क्षेत्री (मार्की), रोशन छेत्री, रमेश ढकाल, देवेन्द्र सोमरे, निर्मल थापा, राहुल विक, आनन्द कुर गौन्ड, विशाल सुनार, युवराज सेन, केदार बस्नेत, प्रथम पराजुली, गोबिन्द खत्री, जितेन्द्र सहानी तथा मनिष पौडेल ।
मणिग्राम किङ्स
कृष्ण कार्की मार्की (मार्की), लालबहादुर अधिकारी, कृष्ण पराजुली, विशाल भण्डारी, महम्मद हुसेन, सन्दीप रसाइली, इमराम खान, राहुल लोहार, सुबास बिक, इश्वर गुरुङ, विधान सुनार, सुशील खरेल, कृष्ण भुसाल तथा भुवन गैरे ।
नुसि वारियर्स
कुसल भुर्तेल (मार्की), अजय कौसिला, सौरभ भुर्तेल, अर्जुन रायमाझी, सागर शर्मा, अख्तर हुसैन, सुनिल पौडेल, सरोज पौडेल, यम क्षेत्री, कृष्ण सेन, वीरेन्द्र ज्ञवाली, महेश राना, अंकित कँडेल तथा निश्चल पोखरेल ।
लुम्बिनी कसाइ ग्ल्याडियट
महेश पतिव मिश्र (मार्की), कुशल मल्ल, मानबहादुर थापा, रूपेश कुर्मी, दुर्गेश कुर्मी, राजु सहानी, सागर ढकाल, सुमन पाण्डे, पुरन विक, प्रदीप जैसवाल, नागेश्वर मिश्र, सुनिल धवल, अमर मिश्र तथा दिवस सेन्चुरी ।
बुटवल डाइनामाइट
सौरभ खनाल (मार्की), साहब आलम, मृनल गुरुङ, प्रज्वल थापा, विकास श्रेष्ठ, केशव पौडेल, जगत क्षेत्री, देव खनाल, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, अभिषेक गौतम तथा राहुल शर्मा ।
रोयल शंकरनगर
सन्दीप सुनार (मार्की), सुशान भारी, फैजन खान, विष्णु कट्टरिया, विशाल खत्री, सुमित कुमार सार्की, नरेश ठकुरी, नितेश थापा, रबिन क्षेत्री, राहुल चौहान, रूपेश बास्तोला, सुधन श्रेष्ठ, आशिष गुरुङ तथा विशाल भुसाल ।