साप्ताहिक संवाददाता
५० लाख नेपाली खाडीमा छन् । दसैं कहिले आयो र कहिले गयो थाहा पनि हुँदैन । त्यस्तो सपिङ लिस्ट त नेताहरूको हातमा हुन्छ । सभासद भएबापत ६०/६५ हजार तलब लिन्छन् तर संसार घुमिरहेका हुन्छन् । तिनीहरूभन्दा बढी तलब थाप्ने अरबका नेपालीहरूलाई भने दसैंका बेला घर जाने टिकट काट्न पनि पैसा पुग्दैन ।
झविन्द्र गैरे
नेपाली ब्रान्ड गोल्डस्टारको तीन जोर जुत्ता, नेपाली क्रिकेट टिमको एक सेट जर्सी, सोनाम ब्रान्डको एउटा ज्याकेट ।
प्रशान्त श्रेष्ठ
यसपालिको दसैंमा केही सपिङ गर्ने मुड छैन । किनभने दसैं पहिलेको जस्तो रमाइलो नै हुन छोडयो । पहिले ठाउँ–ठाउँमा पिङ हालिन्थ्यो, सबैले दसैं मनाउँथे, दसैंको सपिङको बेग्लै रौनक हुन्थ्यो । अहिले त सबै मानिस छाडा भए, हिन्दुत्व हराएर गयो, धार्मिक विखण्डनका कुरा सुनिन्छन्, जातीय, धार्मिक सद्भाव खलबलियो । धर्मनिरपेक्षता, गणतन्त्र जस्ता कुरा आएपछि देश नयाँ भुमरीमा फस्यो अनि हाम्रा चाड दसैं, तिहार, उधौली, उभौली, बुद्ध पुर्णिमा, समा चकेवा, ल्होसार आदि मासिँदै गए ।
राजन भट्टराई
बक्सरको अन्डरवेयर, त्योभन्दा धेरै किन्न नसकिने भो यो महँगीमा ।
नीरज भिमाल
हवाई चप्पल किनेर पट्याकपट्याक पड्काउँदै मावली जाने हो ।
मिलन बस्नेत
आमाको फाटेको चोलो फ्याँकेर नयाँ किन्दिने अनि बाउको शिरमा नयाँ टोपी हेर्ने रहर छ ।
याज लामा
किताब ।
इन्द्रलक्ष्मी घिमिरे
मोबाइल र डिजिटल ब्यान्ड ।
राजेश दुलाल
खसी ।
वासुदेव जिसी
सरकारलाई ट्याक्स तिर्दै ठीक छ, आफ्ना लागि कहाँ के किन्नु भन्या ?
सन्तोष
बा–आमाको हातबाट टीका थाप्न घर जाने, बसको टिकट किन्न पाए पुग्यो ।
तेज ठकुरी
२०५६ सालतिर किनेको बुबाको दौरा सुरुवाल फालेर मोदी कोट र एक जोर नयाँ दौरा–सुरुवाल किनिदिने । त्यस्तै ममिलाई सारी, चोलो अनि आफूलाई जुत्ता अनि पाइन्ट–सर्ट ।
गुरुजी
वर्षभरि किन्न नसकेका पुस्तकको लिस्ट बनाएको छु, लत्ता–कपडा नकिन्ने बरु ।
कर्मी माहुरी
दसैंका बेला दुर्घटनाबाट कसैको ज्यान न जाओस् ।
विवस नेपाल
पैसा छैन, केलाई प्राथमिकता दिने भनौं ?
मनोज
नेपाल जाने टिकट ।
रामु विष्ट
कस्तो बजेट हातमा पर्छ, त्यसमै भर गर्छ ।
विषादी
चङ्गा किन्ने हो ।
दाहाल अशोक
बालाई ठर्रा, आमालाई १ बोरा चामल (जहानलाई पकाएर ख्वाउने), बैनीलाई १ जोडी पायल चप्पल, भाइ र श्रीमतिलाई कपडा । आफूलाई खेत खन्दा लाउने एउटा गन्जी ।
गौंडाखर्के
च्यातिएको जिनको पाइन्ट, एउटा ज्याकेट अनि जुत्ता ।
बौला
सबैतिर महँगी छ । त्यसैले यसपालि सियो–धागोको सपिङ गरेर बोराको कपडा सिलाउने योजना छ ।
नवराज घिमिरे
बचत मेरो पहिलो प्राथमिकतामा छ ।
आलोक भावुक
बा–आमाको हातबाट टीका थाप्न घर जाने बसको टिकट किन्न पाए पुग्यो ।
तेज ठकुरी
आमाका लागि नयाँ लुगा ।
आभास बडुवाल
बडेमानको खसी ।
दमन
मलाई प्रश्न मन पर्यो तर उत्तर थाहा भएन, अप्सन छैन ?
सुनिल निरौला
एउटा टिकट लिएर जन्मभूमि फर्कने अनि बाआमाको आर्शीवाद थाप्ने ।
सुरेश ठगुन्ना
एक सेट नयाँ नोट अनि एउटा रातो भाले । बाँकी सबै थोक किनिदिन्छन् मेरै बाले ।
संन्यासी सन्देश
लुगाफाटा अनि खानपिनका आइटम ।
विनय सापकोटा
मास्क ।
मनिस सुवेदी
हात्तीछाप चप्पल ।
हरिहर जोशी
नोकिया ६.१ प्लस ।
दिलीप मगर
आफूसँग पैसा भए पो सपिङ गर्नु ?
इन्द्र निरौला
पेयपदार्थ किन्नुपर्ला ।
युवराज