साप्ताहिक संवाददाता
नेपाली चलचित्रका अभिनेता–अभिनेत्रीहरूको प्रेमसम्बन्ध तथा बिछोडका कुराले बेला–बेला निकै चर्चा पाउँछन् । त्यही सम्बन्धका कुराले आमसञ्चारलाई समेत तताइरहेको हुन्छ । भनिन्छ, प्रेम अन्धो हुन्छ । यसले सही गन्तव्यमा पुर्याउन पनि सक्छ अथवा बीच बाटोमै छुटाएर पछुताउन बाध्य पनि बनाइदिन्छ ।
यस्तै बाध्यतामा यतिबेला अभिनेत्री केकी अधिकारीमा देखिएको छ । प्रेमसम्बन्धका बारेमा खासै नखुल्ने केकीले केही दिनअघि कसैलाई माया गर्नु आफ्नो ठूलो भूल भएको भन्दै फेसबुकमा स्टाटस लेखिन् । उनको उक्त स्टाटस पढ्दा उनले मायामा धोका खाएको प्रस्ट हुन्छ ।
यद्यपि उनी कोसँग प्रेमसम्बन्धमा थिइन् भन्ने कुराचाहिँ बाहिर आएको छैन । केकीले आफ्नो स्टाटसमा लेखेकी छिन्– कसैलाई माया गर्नु भूल गरें । उनको त्यो माया कस्तो खालको माया हो भन्ने कुरा स्पष्ट नभए पनि उक्त स्टाटसमाथि प्रतिक्रिया दिँदै नवल नेपाल लेख्छन्– अब विवाह गरी जीवन साथीसँगै माया खोज्नु उत्तम हुन्छ ।
के अब नवलले भनेजस्तै केकीले जीवनसाथी खोज्लिन् त ?